Hamro Patra
कोरोना संक्रमितलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगियो

टीकापुर, बैशाख १९

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आईसियुमा उपचाररत एक जना कोरोना संक्रमितलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाण्डौं लगिएको छ ।

Khadga Memorial And Janajagriti

१७ गतेदेखि आईसियुमा उपचाररत धनगढी उपहानगरपालिका वडा नं. -५ का ४२ वर्षीय पुरुषको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई थप उपचारका लागि आज काठमाण्डौं लगिएको हो । सेती प्रादेशिक अस्पतालको क्षमता भन्दा बढी संक्रमित भर्ना भएपछि उपचारमा कठिनाई भइरहेको छ ।

यता, सेती प्रादेशिक अस्पतालले अक्सिजन राखेर उपचार गर्नुपर्ने विरामीको संख्या बढेसँगै खाली सिलिण्डर सहयोगका लागि अनुरोध गरेको छ ।
अस्पतालमा अक्सिजनको माग बढ्दै गएपछि अस्पतालले एक शय खाली सिलिण्डर उपलब्ध गराउन सामाजिक सञ्जालमार्फत् अनुरोध गरेको हो ।

‘सेती प्रादेशिक अस्पताललाई अक्सिजन फिलिङ गर्नको लागि कम्तिमा १०० खाली सिलिन्डरको तत्काल आवश्यकता परेको हुँदा सहयोगको लागि अपिल गर्दछौं’ अस्पतालले जारी गरेको सूचनामा भनिएको छ ।

रासस

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update