Hamro Patra
दुई दिने पत्रकारिता तालिम सुरु

सुखड, बैशाख ७
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा सुखडमा सूचनाको हक र पत्रकार आचारसंहिता विषयक दुई दिने तालिम आजदेखी सञ्चालन भएको छ ।

घोडाघोडी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको तालिमको एक समारोहकाबीच मेयर ममताप्रसाद चौधरीले उद्घाटन गरेका छन । तालिमको उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका चौधरीले पत्रकारिता प्रति आमजनताको विश्वास घट्दै गएको बताए ।

Khadga Memorial And Janajagriti

उनले पत्रकार समाजको जिम्मेवार नागरिक भएकाले समाजलाई सकारात्मक दिशातर्फ डो¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

सो अवसरमा उपमेयर प्रेमकुमारी थापा लगायत विभिन्न राजनीतिक दल र सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले बोलेका थिए ।

तालिममा घोडाघोडी नगरपालिका क्षेत्रमा कार्यरत सञ्चारकर्मी र घोडाघोडी बहुमुखी क्याम्पसमा पत्रकारिता विषयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको छ । तालिममा सहभागिहरुलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल लगायतले प्रशिक्षण दिएका छन ।

तालिमको उद्घाटन समारोह नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष अर्जुन शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update