Hamro Patra
कैलालीमा महिनाभरि निषेधाज्ञा

टीकापुर बैशाख १९

कोरोनाको दोश्रो लहर फैलिएसँगै कैलालीमा जारी निषेधाज्ञा बैशाख ३० गतेसम्म निरन्तरता दिइने भएको छ । धनगढीमा सम्पन्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले बैशाख १६ देखि २२ गतेसम्म हुने गरी जारी गरिएको निषेधाज्ञाको समयअवधि थपेको हो ।

Khadga Memorial And Janajagriti

जिल्लामा कोरोना संक्रमणदर बढ्दै गइरहेको भन्दै बैशाख ३० गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

उनका अनुसार संक्रमणको प्रभाव न्यून रहेका चुरे र मोहन्याल गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहमा सो निर्णय लागु हुने जनाएको छ ।

यस्तै जिल्लास्थित सबै बैंक तथा वित्तीय संस्थाहरु वैैशाख २० गतेदेखि ३० गतेसम्म बिहान ९ बजेदेखि साढे ११ बजेसम्म मात्र एउटा बैंकको एउटा मात्र शाखा खुला गर्न पाउने समेत निर्णय भएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ०६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update