Hamro Patra
चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा

काठमाडौं, बैशाख १८

काठमाडौंमा जारी नेपाल सुपर लिगमा धनगढी एफसीले शनिबार एफसी चितवनलाई ३–० ले हराएको छ । लगातार खेल खेल्न बाध्य रहेको धनगढीले चितवनलाई हराएसँगै शीर्ष स्थानमा उक्लेको छ । सुस्त पहिलो हाफपछि खेलले गति लिएको थियो । यसैक्रममा धनगढीले ५ मिनेटको अन्तरमा शुरुआती दुई गोल गरेको हो ।

Khadga Memorial And Janajagriti

यो खेलपछि धनगढीको चार खेलबाट सात अंक भएको छ । शनिवारको जितपछि धनगढीले शीर्ष चार स्थानका लागि बलियो दाबेदारी पनि प्रस्तुत गरेको छ । चितवन भने तीन खेलबाट दुई अंकमा सीमित रह्यो र अन्तिम स्थानमा झर्यो ।

शुरुआती दुई खेलमा बराबरी खेलेपछि यो चितवनको पहिलो हार रह्यो । यो स्थितिमा चितवन दबाबमा रहनेछ । धनगढीका लागि निशान लिम्बुले ६३ औं मिनेटमा पहिलो गोल गरेको थिए ।

नाइजेरियाली खेलाडी ओलाडिपो ओलावाले आफिजले हेडबाट दोस्रो गोल गरे । बुद्धबल तामाङले ७९ औं मिनेटमा तेस्रो गोल थपे । पहिलो हाफमा चितवनले गोलको राम्रो अवसर गुमाएको थियो ।

खेलको २२ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको प्रहार धनगढीका गोलरक्षक किरण लिम्बुले जोगाए । त्यसमै फर्केको बलमा जेरकोभिच गोरानको प्रहार पोस्टमा लागेको थियो । दोस्रो हाफको ७८ औं मिनेटमा गोरानको प्रहारले पोस्टको दिशा लिए पनि त्यो अफ साइड रह्यो । गोलका लागि पाएका मौकाहरु समेत गुमाउँदा चितवन पराजय भोग्य बाध्य भयो ।

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update