Hamro Patra
गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने निणर्य

धनगढी, बैशाख १७

कोरोनाको दोश्रो लहर फैलिएर विकराल रुप लिँदै गएपछि गेटामा निमाणर्ाधीन गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाइने भएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज बसेको बैठकले कोरोना संक्रमितका लागि कलेजलाई आइसोलेसन बनाउन निणर्य गरेको हो ।

Khadga Memorial And Janajagriti

काठमाडौंमा आज बसेको सीसीएमसीको बैठकले गेटा मेडिकल कलेजको निर्माण सम्पन्न भएको मुख्य भवनलाई आईसोलेसन बनाउन जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीलाई निर्देशन दिएको छ ।

कैलालीको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले सीसीएमसीको आज बसेको बैठकले गेटा मेडिकल कलेजको मुख्य भवनलाई आईसोलेसन बनाउन निर्देशन दिएको जानकारी दिए ।

सीसीएमसीको निर्देशन अनुसार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र को मातहतमा रहने गरी सञ्चालन गरिने आईसोलेसनको स्थापना र व्यवस्थापनमा नेपाली सेना परिचालन गरिनेछ ।

दुई दिन अघि शिक्षा मन्त्रालयले गेटा मेडिकललाई आईसोलेसन सञ्चालनका लागि अनुमती दिने निणर्य गरेको थियो । शिक्षा मन्त्रालयको उक्त निणर्यपछि आज बसेको सीसीएमसीको बैठकले गेटा मेडिकल कलेजलाई आईसोलेसन बनाउन निर्देशन दिएको हो ।

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update