Hamro Patra
कोरोनाबाट दुई महिलाको ज्यान गयो

टीकापुर, बैशाख १८

दोश्रो लहरको कोरोना संक्रमणबाट टीकापुर अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

जानकीनगर गाउँपालिका वडा नं. ३ की ६० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

Khadga Memorial And Janajagriti

टीकापुर अस्पतालले एक विज्ञप्ति जारी गर्दै अस्पतालको कोभिड १९ उच्च उपचार कक्षमा उपचाररत महिलाको शुक्रवार साँझ मृत्यु भएको जनाएको छ ।

अस्पतालले कोरोना संक्रमितलाई लक्षित गर्दै १५ वार्डको उच्च उपचार कक्ष सञ्चालनमा ल्याएको छ । अस्पतालका अुनसार उक्त उपचार कक्षमा ६ जना विरामी उपचाररत छन् ।

ती मध्ये एक जनाको अवस्था गम्भीर छ भने ३ जनाको कोरोना रिपोर्ट आउन बाँकी रहेको अस्पतालले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

अस्पतालमा यसअघि एक पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको थियो । उनको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।

उता, लम्की चुहा नगरपालिका वडा नं. ५ की ५० वर्षिया महिलाको समेत उपचारका क्रममा आज बिहान करीब एक बजे मृत्यु भएको छ ।

कोरोना संक्रमण भएपछि ११ गते अस्पताल भर्ना भएकी ती महिलाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update