Hamro Patra
नदीमा डुबेर एक बालकको मृत्यु

टीकापुर, बैशाख १७

नुहाउने क्रममा नदीमा डुबेर कैलालीमा एक बालकको मृत्यु भएको छ ।

Khadga Memorial And Janajagriti

जिल्लाको बर्दगोरिया गाउँपालिकाको वडा नम्बर १ मा रहेको काडा नदीमा डुबेर १० वर्षीय बालक लालबहादुर बुढाको मृत्यु भएको हो ।

बिहीबार नुहाउने क्रममा स्थानीय टंकबहादुर बुढाका छोरा लालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाँका अनुसार साथीहरुसँग नदीमा नुहाउन गएका उनको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update