Hamro Patra
कैलालीमा थप दुई कोरोना सक्रमितको मृत्यु

टीकापुर, बैशाख १७

दोश्रो चरणको कोरोना संक्रमणका कारण कैलालीमा थप दुई पुरुषको ज्यान गएको छ । जिल्लाको गोदावरी नगरपालिकाका एक र लम्कीचुहा नगरपालिकाका एक गरी दुई पुरुषको संक्रमणका कारण ज्यान गएको हो ।

Khadga Memorial And Janajagriti

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका ४३ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा विहान साढे ४ बजे मृत्यु भएको हो ।

त्यस्तै गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ६३ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा विहान १ बजे मृत्यु भएको हो ।

उता, अछाममा समेत एक बालिकाको कोरोना संक्रमण पुष्टि भएको एक घण्टामै मृत्यु भएको छ । अछामको बयलपाटा अस्पतालमा उपचाररत बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

छ दिन पहिले अभिभावकसँगै भारतबाट स्वदेश फर्किएकी कमलबजार नगरपालिका ७ की ती बालिकाको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update