Hamro Patra
पत्रकार महासंघको भवन भत्काइनु प्रेसमाथिको आक्रमण
Khadga Memorial And Janajagriti

टीकापुर, बैशाख १६
नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिले महासंघ डडेल्धुरा शाखाको भवन तथा सुदूरपश्चिम प्रदेशस्तरीय सूचना केन्द्र भवन भत्काइनु प्रेसमाथिको आक्रमण भएको बताएको छ ।
आज बिहानै डिभिजन वन कार्यालय डडेल्धुराको नेतृत्वमा प्रहरी प्रशासनको संलग्नतामा भवन भत्काइएको थियो । सुदूरपश्चिम समितिका अध्यक्ष योगेश रावलले उक्त घटनाको निन्दा गर्दै महासंघको भवन भत्काएर क्षति पुर्याउनु प्रेस स्वतन्त्रता विरोधी क्रियाकलाप भएको बताए ।

अध्यक्ष रावलले एक विज्ञप्ति जारी गर्दै उक्त क्रियाकलापलाई अक्षम्य अपराध भएको बताउँदै घटनाको वास्तविकता छानविन गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन् ।
डडेल्धुरा शाखाले विभिन्न निकाय र सरोकारवालासँग समन्वय सहकार्य गरेर तीन तले पक्की भवन निर्माण गरेको र सो जग्गाको भोगाधिकार समेत महासंघसँग रहँदा समेत आफूहरुलाई जानकारी नै नदिई भवन भत्काइएको प्रति आपत्ति जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update