Hamro Patra
टीकापुरमा एकसातामै छ को ज्यान गयो

टीकापुर, वैशाख १६

दोश्रो लहरको कोरोनाका कारण कैलालीको टीकापुर नगरपालिकामा पछिल्लो एक साता यता मृत्यु हुनेको संख्या छ पुगेको छ ।

Khadga Memorial And Janajagriti

तीब्र रुपमा फैलिएको कोरोना संक्रमणका कारण पछिल्लो एक सातामै छ जनाको ज्यान गएको हो ।

टीकापुर नगरपालिकाको स्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख बलबहादुर रावलले दिएको जानकारी अनुसार पछिल्लो एक सातामै छ जनाले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणबाट टीकापुर नगरपालिका वडा नं. १ का ७४ वर्षीय, ७० वर्षीय, र ७१ वर्षीय पुरुषको ज्यान गएको छ भने ५० वर्षीय एक महिलाको समेत ज्यान गएको छ ।

त्यस्तै कोरोनाबाट ज्यान जानेमा वडा नंं. ७ का ४६ वर्षका एक पुरुष र वडा नं. ८ का ५५ वर्षीय पुरुष रहेका छन् । वडा नं. ७ का पुरुष भने मृत्यु हुनु भन्दा तीन दिनअघि नै कोरोना मुक्त भएका थिए ।

स्वास्थ्य शाखा प्रमुख रावलले थप एक जना ज्यान गएको बताउँदै उनमा कोरोना पुष्टि भने भइनसकेको बताए ।

दोश्रो चरणको कोरोनाबाट संक्रमितको संख्या बढ्दै गइरहेको छ । स्वास्थ्यका मापदण्ड पूरा गरेर सुरक्षित बस्न नगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update