Hamro Patra
सुदूरपश्चिममा संक्रमितको संख्या १५ हजार नाघ्यो

टीकापुर, वैशाख १६

सुदूरपश्चिममा दैनिक सयौँ कोरोना संक्रमित थपिन थालेका छन् । सुदूरपश्चिममा बुधबार २ शय ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Khadga Memorial And Janajagriti

प्रदेशका विभिन्न प्रयोगशालामा ४ शय ७१ नमूना परीक्षण गर्दा २ शय ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।

‘सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३ शय ७४ जनाको नमूना परीक्षण गर्दा २ शय २७ मा संक्रमण पुष्टि भएको छ’ प्रवक्ता कार्कीले भने ‘डडेल्धुरा अस्पतालमा २७ जनाको परीक्षण गर्दा १४, डोटी अस्पतालमा २९ जनाको नमूना परीक्षण गर्दा १४ र महाकाली अस्पतालमा ४१ जनाको नमूना परीक्षण गर्दा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।’

सुदूरपश्चिममा कुल संक्रमितको संख्या १५ हजार ४ शय ७५ पुगेको छ भने संक्रमण पुष्टि भएका मध्ये १४ हजार २ शय ३३ जनाले कोरोना जितेका छन् । कोरोनाको दोस्रो लहर फैलिएपछि कैलाली जिल्लामा मात्रै एक हजार भन्दा बढी संक्रमित पुगेका छन् ।

सेती अस्पतालमा संक्रमित बिरामी भरिभराउ छन् । बिरामीहरु अक्सिजन नपाएर छटपटाइरहेको अवस्था छ ।

रासस

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update