Hamro Patra
कैलाली र कञ्चनपुरमा एकैदिन ७ जना संक्रमितको मृत्यु

टीकापुर, बैशाख १६

कोरोना संक्रमण फैलिएसँगै कैलाली र कञ्चनपुरमा आज थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहानै कैलालीमा तीन र कञ्चनपुरमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

Khadga Memorial And Janajagriti

कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-३ का ४५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनको कोरोना पुष्टि भएको १२ घण्टामै आज बिहान साढे १२ बजे मृत्यु भएको उनले जानकारी दिए ।

यस्तै सेती प्रादेशिक अस्पतालको आइसियुमा उपचाररत कैलालीकी लम्कीचुहा-२ का ३३ वर्षीय पुरुष र घोडाघोडी-१० का ६० वर्षीय पुरुषको पनि आजै मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन् ।

आज नै कैलालीका गोदावरी नगरपालिकाका ८७ बर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । १५ गते उनीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । आइसोलेसनमा रहेका बेला उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उता, कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ का २१ वर्षीय युवकको बिहीवार बिहान १ बजे, महाकाली नगरपालिकाका ३० वर्षीय युवकको साढे १२ बजे र भीमदत्त नगरपालिका-१८ की ३६ वर्षीया एक महिलाको बिहीबार बिहान साढे ७ बजे मृत्यु भएको महाकाली अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोविन्द रोकाया जानकारी दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update