Hamro Patra
कोरोनाले लियो ज्यान

टीकापुर, वैशाख १०

कैलालीको टीकापुर नगरपालिका वडा नं. १ का एक वृद्धको कोरोना संक्रमणका कारण ज्यान गएको छ । टीकापुर नगरपालिका वडा नं. १ ज्योतिनगरका ७० वर्षीय वृद्धको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।

Khadga Memorial And Janajagriti

पछिल्लो समयमा कोरोना संक्रमण बढिरहेका बेला संक्रमित भएका उनको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा ज्यान गएको टीकापुर नगरपालिका स्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख बलबहादुर रावलले जानकारी दिए ।

दोश्रो चरणको कोरोना संक्रमण फैलिएपछि नगरपालिकामा पहिलो पटक ज्यान गएको हो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  ००:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update