Hamro Patra
सत्ती नारायणपुर बजार समितिको अध्यक्षमा बस्नेत


टीकापुर, २० चैत

सत्ती नारायणपुर बजार व्यवस्थापन समितिको अध्यक्षमा पहल बस्नेत चयन भएका छन । सत्ती र नारायणपुरका ब्यापारी व्यवशायीहरुको बुधवार सम्पन्न भेलाले बस्नेतको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
आगामी तीन वर्षका लागि चयन भएको कार्य समितिको उपाध्यक्षमा मुकेश श्रेष्ठ, सचिवमा ओपेन्द्र खड्का र कोषाध्यक्षमा केशर साउँद चयन भएका छन । त्यस्तै कार्य समितिको सदस्यहरुमा गणेश थापा, कमल चौधरी, सरीता ओड, धर्म घर्ती, टेकराज ढुंगाना र राजकुमार चौधरी चयन भएका छन । कार्य समितिको १ सदस्य पद पछि मनोनयन गर्ने सहमति भएको नवनिर्वाचित अध्यक्ष बस्नेतले जानकारी दिए ।

Khadga Memorial And Janajagriti

समितिका निवर्तमान अध्यक्ष यज्ञ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको भेलाको उद्घाटन सत्रमा प्रमुख अतिथि टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घ ठकुल्ला र विशिष्ट अतिथि वडा नं। ७ का वडाध्यक्ष रामलाल डगौरा रहेका थिए ।

 

तस्वीरः टोप के.सी.को फेसबुकबाट

प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update