Hamro Patra
बसको ठक्करबाट रावतको मृत्यु

टीकापुर, वैशाख ९

कैलालीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिकाको राजीपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका-४ का २७ वर्षीय ललितजंग रावतको ज्यान गएको हो ।

Khadga Memorial And Janajagriti

दिउँसो ३ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ३७२९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको म ८ प नम्बरको ३९८० नम्बरकोे मोटरसाइकललाई ठक्कर दिँदा रावत घाइते भएका थिए ।

ठक्करबाट घाइते भएका उनको धनगढीस्थित माया मेट्रो अस्पतालबाट थप उपचारका लागि कैलाली अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update