Hamro Patra
अछाममा एक कोरोना संक्रमित मृत्यु

बिहीवार, बैशाख ९

सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा कोरोना भाइरसका संक्रमणका कारण एक जनाको ज्यान गएकोे छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका ६५ वर्षीया पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।

Khadga Memorial And Janajagriti

विश्वमै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण दर उच्च रहेको भारतको गुजरातमा रोजगारीको शिलशिलामा रहेका उनी पन्ध्र दिन पहिले अछामस्थित घरमा फर्किएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले दिएको जानकारी अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनको बयालपाटा अस्पतालमा पिसिआर परिक्षण गरिएको थियो । बैशाख ५ गते कोरोना संक्रमण भएको पुष्टि भएका ती पुरुषको बिहीवार विहान जिल्ला अस्पताल अछाममा मृत्यु भएको हो ।

नयाँ वर्ष र बिसु पर्व मान्नका लागि भारतबाट फर्किने नेपालीहरुको संख्या बढेसँगै सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिममा पनि बढेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update