Hamro Patra
बन्दुक पड्केर एक जना घाइते

बिहीवार, बैशाख ९

कैलालीको मध्यवर्ती गौरीगंगा नगरपालिकामा वडा नं. ७ मा रहेको शिवशकंर सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्केर एकजना घाइते भएका छन् । जंगलमा शिकार खेल्न गएका बेला भरुवा बन्दुक पड्केर वडा नं. ९ शंकरपुरका इन्द्रबहादुर वि.क. घाइते भएका हुन् ।

Khadga Memorial And Janajagriti

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक भरत चौधरीले भरुवा बन्दुक पड्केर घाइते भएका वि.क.को धनगढीस्थित मायामेटो अस्पतालमा उपचार भइरहेको बताए । वि.क. मौलियाका वीरबहादुर थापामगरसँगै जंगलमा शिकार खेल्न गएका थिए ।

चौधरीले थापामगरसहित दुई थान भरुवा बन्दुक पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिएका छन् । थापामगरलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

जंगली जनावरको शिकार खेल्न गएका बेला आफैले पड्काएको भरुवा बन्दुक लागि घाइते भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । सो क्षेत्रमा जंगली जनावरको चोरी शिकारी हुँदै आएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update