Hamro Patra
बस दुर्घटनामा महिलाको मृत्युःप्रहरीको गोली लागी दुई घाइते

टीकापुर, १०चैत्र
कैलालीको लम्कीमाप्रहरीको गोलीलागेर दुई जना घाइते भएका छन् । लम्की चुहानगरपालिका वडा नं. १ लम्की बजारमा बसको ठक्करबाट घाइते भएकी महिलाका समर्थक र प्रहरीबिच झडप हुँदागोली लागेर दुईजना घाइते भएकाहुन् ।
स्थानीय ललित जैशीले दिएको जानकारी अनुसार प्रहरीको गोली लागेर घाइते हुनेमा स्थानीय कृष्ण प्याकुरेल र दीपक सञ्ज्याल रहेका छन् ।

मंगलबार विहान धनगढीबाट टीकापुरतर्फ आइरहेको ना७ ख ८८३३ नम्बरको बसको ठक्करबाट थपालीपुरकी २३ वर्षीया कमला देवकोटाको ज्यान गएपछि लम्की क्षेत्र आज विहानै देखि तनावग्रस्त छ ।
मृतकका समर्थकहरुले पूर्वपश्चिम राजमार्ग ठप्प पार्नुका साथै लम्की चौराहामा रहेको प्रहरीको अस्थायी बिटमा आगजनी गरेका थिए । घटनाको विषयमा छलफल चलिरहेका बेला मोतिपुर स्थित इलाकाप्रहरी कार्यालयमा तोडफोड र ढुंगा प्रहार भएपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

Khadga Memorial And Janajagriti

जिल्लाप्रहरी कार्यालय कैलालीकाप्रहरी निरीक्षक हिक्मत थापाले इलाका प्रहरी कार्यालयमै आक्रमण शुरु भएपछि गोली चलाउँदा दुई जना घाइते भएको बताए । उनकाअनुसार सशस्त्र प्रहरीका दुई जना सहित७ सुरक्षाकर्मी समेत घाइते भएका छन् ।

गोली लागि घाइते भएकाहरुलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ ।
स्थानीयका अनुसार मृतक देवकोटासँगै रहेका उनका ३ वर्षीय छोरा समेत घाइते भएका थिए । उनकादुई बच्चा छन् । सुरक्षाकर्मी र पीडित पक्षबीच छलफल भइरहेको इलाकाप्रहरी कार्यालय मोतिपुरले जनाएको छ ।

तस्वीरः मृतक देवकोटा ।
तनाव ग्रस्त लम्की बजार क्षेत्र 

प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update