Hamro Patra
माओवादी केन्द्रको संसदीय दलको नेता प्रचण्ड

काठमाण्डौं, चैत ३
नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै कायम गर्ने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले दाहाललाई दलको नेता कायम राख्ने निर्णय गरेको सांसद वर्षमान पुनले जानकारी दिएका छन ।

Khadga Memorial And Janajagriti

सर्वोच्चले नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि आज पहिलोपटक दलको बैठक बसेको थियो । उक्त बैठकले दलको नेता प्रचण्ड र सचेतकमा देवप्रसाद गुरूङलाई नै कायम गर्ने निर्णय गरेको सांसद पुनले बताए ।

उनले राष्ट्रिय सभामा दलको प्रतिनिधि नेताका रूपमा सांसद दीनानाथ शर्मालाई तोकिएको पनि बताए ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update