Hamro Patra
क्यान्सर पीडितलाई आर्थिक सहयोग

बौनियाँ, ५ बैसाख
बर्दगोरीया गाउँपालिका–२ कुम्भीयाकी क्यान्सर पीडित युवतीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

गाउँपालिका वडा नं. १ को समन्वयमा संकलित ५ हजार २ सय पीडित मीना बम (२०) लाई बिहिवार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ ।

Khadga Memorial And Janajagriti

वडा नम्बर १ का वडाध्यक्ष जयरुप खतिवडा, वडा नं. २ का वडाध्यक्ष भेखुराम चौधरी लगायतले पीडित युवतीलाई रकम हस्तान्तरण गरेका छन ।


चितवनस्थित क्यान्सर अस्पतालले बमलाई ब्लड क्यान्सर भएको पुष्टी गरेको छ । बमको आर्थिक अवस्था कमजोर भएका कारण उपचार हुन नसकेको बताईएको छ ।


उनको २ वर्ष अघि जोशीपुर गाउँपालिका सिमरानाका कृष्ण कलेलसँग परम्परागत बिहे भएको बताईन्छ । उनका श्रीमान लगायतले उपचार लगायतका वेवास्ता गरेपछि बम अलपत्र जस्तै बनेकी छन ।
उनले आफ्नो उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेकी छन ।

प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update