Hamro Patra
पोशाक वितरण गर्दै मनाए हमालले जन्मदिन

टीकापुर, फागुन २०

टीकापुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं समाजसेवी राजकुमार हमालले टीकापुरस्थित गुरुकुलका विद्यार्थीलाई पोशाक वितरण गर्दै आफ्नो जन्मदिन मनाएका छन् ।

Khadga Memorial And Janajagriti

जन्मदिनको अवसर पारेर मल्लिका विद्यापीठ गुरुकुलका २ शय १५ जना विद्यार्थीलाई पोशाक वितरण गरेर हमालले आफ्नो जन्मदिन मनाएका हुन् ।

गुरुकुलमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु अध्ययनरत छन् । टीकापुरस्थित विभिन्न शिविरमा बस्दै आएका उनीहरुलाई राहत होस् भनेर जन्मदिनको अवसरमा पोशाक वितरण गरिएको हमालले बताए ।

‘एउटा कार्यक्रममा केहीदिन अघि यहाँ आएको थिएँ, विद्यार्थीहरुको अवस्थाबारे थाहा पाएपछि उनीहरुलाई सानो सहयोग गरेको हुँ’ हमालले भने ‘यो सहयोग गर्ने अवसर जुटाउने टीकापुर जेसिजलाई धन्यवाद दिन चाहन्छु ।’

सोही अवसर पारेर टीकापुर जेसिजका पूर्व अध्यक्ष समेत रहेका हमालको जेसिजले समेत जन्मदिन मनाएको छ । जेसिजका अध्यक्ष लक्ष्मण थापाले आफ्नो जन्मदिनमा विद्यार्थीलाई पोशाक वितरण गर्नु भएकोमा हमाललाई धन्यवाद दिएका छन् ।

विद्यापीठका प्रधानाध्यापक टीकाराम आर्यले गुरुकुल सबैका लागि सदैब खुल्ला रहेको बताउँदै वेद, मन्त्रोच्चारण गरेर जन्मदिन मनाउनु पर्नेमा जोड दिए । केक काट्ने पूर्वीय संस्कृति हावी हुँदै गएको बताउँदै उनले विद्यालयलाई गरिएको सहयोगका लागि हमालले धन्यवाद दिए ।

संस्कृतको अध्ययन हुने गुरुकुलमा विद्यार्थीहरुले मन्त्रोच्चारण गरेर होम समेत गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update