Hamro Patra
लम्कीमा एक व्यक्ति मृत भेटिए

टीकापुर, फागुन १७
लम्कीचुहा नगरपालिका–१ इलाका वन कार्यालय नजिकै आज एक व्यक्ति मृत अवस्थामा भेटिएका छन ।

प्रहरीका अनुसार मृत अवस्थामा भेटिनेमा ५५ वर्षीय गणेशबहादुर थापा रहेका छन । उनी घर भन्दा झण्डै आधा किलोमिटर टाढा मृत अवस्थामा भेटिएका हुन । हिजो साँझ ६ बजे घरबाट निस्केका उनलाई दिउसो स्थानीयले मृत अवस्थामा भेटाएका थिए ।

Khadga Memorial And Janajagriti

पारिवारिक स्रोतका अनुसार उनका दुई श्रीमती छन । उनी विगत केही समयदेखी जेठी श्रीमतीसाग कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएका थिए । उनी केही दिन अघि मात्रै ऐलानी जग्गा आफ्नो नाममा दर्ताका लागि लम्की आएको बताईएको छ ।

इलाका प्रहरी कार्यालय लम्कीको टोली घटनास्थल पुगेको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान भैरहेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update