Hamro Patra
टीकापुर जेसीजद्वारा शैक्षिक तथा स्वास्थ्य सामाग्री वितरण

टीकापुर, फागुन ११
टीकापुर जेसीजले मल्लिका विद्यापिठ गुरुकुलका विद्यार्थीलाई आज शैक्षिक तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । जेसीजले एक समारोहकाबीच टीकापुर नगरपालिका–१ शिव मन्दिरस्थित गुरुकुलका २१५ जना विद्यार्थीलाई सामाग्री वितरण गरेको हो ।

जेसीजले विद्यार्थीलाई कपि, पेन्सिल, इरेजर, साबुन, नेलकटर लगायतका सामाग्री वितरण गरेको छ ।

Khadga Memorial And Janajagriti

टीकापुर जेसीजका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको सामाग्री वितरण कार्यक्रमको प्रमुख अतिथि टीकापुर जेसीजका पूर्वअध्यक्ष राजकुमार हमाल रहेका थिए । प्रमुख अतिथि हमालले सामाग्री वितरण समारोहका अवसरमा बोल्दै गुरुकुलले संस्कृत भाषाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।

सो अवसरमा टीकापुर जेसीजका निवर्तमान अध्यक्ष तपेन्द्र स्वाँर, कार्यक्रम संयोजक डिल्लीप्रसाद जैशी, गुरुकुलका प्रधानाध्यापक टीकाराम आर्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य टीकापुर जेसीजका कानूनी सल्लाहकार टोप प्रकाश विक राखेका थिए भने सञ्चालन महासचिव बलराम चौधरीले गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update