Hamro Patra
कैलालीमा कोरोना विरुद्धको खोप दिन सुरु

धनगढी, फागुन १
कैलालीमा पहिलो चरणको दोस्रो लक्षित समूहका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

धनगढीसहित जिल्लाका विभिन्न ७ स्थानमा निर्धारण गरिएका केन्द्रबाट लक्षित समूहलाई खोप दिन सुरु गरिएको हो ।

Khadga Memorial And Janajagriti

धनगढीस्थित स्वास्थ्य कार्यालय, गोदावरी नगरपालिकाको मालखेति अस्पताल, चौमाला प्राथमिक स्वास्थ्य केन्द्रबाट कोरोना विरुद्धको खोप दिन लागीएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए ।

धामीका अनुसार लम्कीचुहा अस्पताल, जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र, भजनी प्राथमिक स्वास्थ्य केन्द्र र टीकापुर अस्पतालबाट पनि लक्षित समूहले परिचय पत्रका आधारमा खोप लगाउन पाउनेछन् ।

आइतबारदेखि संघीय सरकारले निर्धारण गरेबमोजिम सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैँकका कर्मचारी, पत्रकारहरु, यसअघि छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंम सेवक, एम्बुलेन्स तथा शवबाहान चालक, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई खोप लगाइन लागेको हो ।

प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले कैलालीका ४ हजार जनालाई लगाउन मिल्नेगरि खोप उपलब्ध गराएको छ ।
साभारः दिनेश खबर

 

प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update