Hamro Patra
पाटेबाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

टीकापुर, फागुन १
कैलालीको मसुरीया क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

गौरीगंगा नगरपालिका–५ स्थित अन्डैयामा पाटेबाघको आक्रमणबाट २५ बर्षीया कला धामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

Khadga Memorial And Janajagriti

उनी जङ्गलमा घाँस काट्न गएको बेला पाटेबाघले आक्रमण गरेर बेपत्ता पारेको थियो । उनी बेपत्ता भएको ठाउँ भन्दा केही पर शव फेला परेको जिल्ला जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

बसन्ता वन क्षेत्र आसपासमा पाटेबाघको आक्रमण बढ्न थालेको छ । माघ ३० गते कैलारी गाउँपालिकामा पनि एक व्यक्तिलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो ।

पाटेबाघको आक्रमण बढेपछि स्थानीय प्रशासन खोजतलास गरी व्यवस्थापन जुटेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बाघको गतिविधिलाई गम्भीर रुपमा लिएको बताए ।

उनले स्थानीय तहको प्रतिवेदन अनुसार स्थानीय प्रशासन ऐन अनुसार व्यवस्थापन गरिने जानकारी दिए । उनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग परामर्श लिएरहेको बताए ।
गुगल फोटो

प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update