Hamro Patra

टीकापुर, माघ २४

कैलालीको जानकी गाउ“पालिका– ९ पूर्वी खैरीफा“टामा आज माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ भने अन्य दुई घाईते भएका छन ।

Khadga Memorial And Janajagriti

इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी मधुसुदन न्यौपानेका अनुसार मृत्यु हुनेमा सोही ठाउँका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी विक रहेका छन । उनीहरुको घटनास्थलमै मृत्यु भएको छ ।

सोही घटनामा परेर काजल विक र अञ्जु जैगढी घाईते भएका छन । घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरु घर पोत्नका लागि माटो लिन गएका बेला ढिस्को भत्किएर पुरिएको बताईएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update