Hamro Patra
सामाजिक कार्य गर्दै सिद्धार्थ ग्रुपले मनायो २३ औ वार्षिकोत्सव

टीकापुर, माघ २३
सिद्धार्थ बिजनेश ग्रुपले देशभर रहेका आफ्ना शाखाहरुमार्फत विभिन्न सामाजिक कार्य गर्दै २३ औं वार्षिकोत्सव मनाएको छ । यसै क्रममा टीकापुरस्थित सिद्धार्थ होटलले टीकापुर नगरपालिका–२ राजीपुरमा रहेको मेरी आमाका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ ।

एक समारोहमा टीकापुर रेडक्रस सोसाइटीका सभापति जगदीश्वर पण्डितले मेरी आमाकी सञ्चालिका दिब्या प्रियसीलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेका छन । सोही अवसरमा मेरी आमामा रहेका बेसहारा बालबालिकाहरुसँगै केक काटेर वार्षिकोत्सव मनाईएको प्रबन्धक छत्र बोगटीले जानकारी दिए ।

Khadga Memorial And Janajagriti

गु्रप अन्र्तगत चिसापानीमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण, महेन्द्रनगरमा असहाय आश्रममा खाद्यान्न वितरण र मन्दिर सरसफाई, भैरहवामा अपाङ्गता भएका असहाय परिवारलाई खाद्यान्न वितरण, चुम्लिङटारमा नगर सरसफाई, नेपालगञ्जमा रक्तदान र काठमाण्डौंमा माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाबाट वृक्षारोपण गरिएको छ । यस्तै माइती नेपालमा रहेका तीन सय बढी बालबालिकाहरुलाई खाना खुवाईएको छ । ग्रुपले माइती नेपालले उद्दार गरेका पीडितलाई रोजगारीमा प्राथमिकता दिने घोषणा गरेको छ ।

यस्तै वार्षिकोत्सवको अवसरमा सबै शाखामा ग्राहकलाई १५ प्रतिशत छुट, माघ २३ गते सिद्धार्थ एप मार्फत अर्डर गर्ने पहिलो ग्राहकलाई कुनै एक परिकार निशुल्क उपलब्ध गराउने र माघ मसान्तसम्म एप मार्फत अनलाइन अर्डर गर्दा एक निशुल्कको व्यवस्था रहेको प्रबन्धक बोगटीले जानकारी दिए ।

टीकापुरबाट सामान्य खाजा नास्ता सुरु गरेको सिद्धार्थ ग्रुप पाँच तारे होटल सञ्चालनको तयारीमा छ । उसले भैरहवामा पाँच तारे होटल निर्माण गरिरहेको छ । ग्रुपले हालै काठमाण्डौंमा चार तारे होटल भने सञ्चालनमा ल्याईसकेको छ ।

पूर्वको बिर्तामोडदेखी पश्चिमको महेन्द्रनगरसम्म आफ्ना शाखा मार्फत सेवा दिँदै आएको सिद्धार्थ ग्रुपले चाँडै आफ्नो सेवा अन्र्तराष्ट्रिय बजारमा पुर्याउने लक्ष्य राखेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update