Hamro Patra
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायले किसानलाई सघाउने

टीकापुर, माघ २०
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायको आयोजनामा आज एकदिने मकै तथा धानमा उचित खाद्यतत्व व्यवस्थापन गरी उत्पादन वृद्धिका लागि न्यूटे«सन एक्सपोर्ट टुलको परिक्षण तथा प्रसार विषयक अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।

टीकापुर र लम्कीचुहा नगरपालिका तथा जानकी गाउँपालिकाका किसानहरुको सहभागितामा सम्पन्न भएको गोष्ठीमा बाली विज्ञान संकायका उपप्राध्यापक रक्षा शर्माले कार्यपत्र प्रस्तुत गरेकी थिईन ।

Khadga Memorial And Janajagriti

कृषि विज्ञान संकायले तीन वटा पालिकाका ६३ जना किसानको मकै बाली र ३ जना किसानको चैते धान बालीमा परिक्षण गर्ने बताईएको छ । कार्यपत्र प्रस्तुत गर्दै उपप्राध्यापक शर्माले कार्यक्रमले विश्वविद्यालय र किसानलाई जोड्ने बताईन ।

उनले कृषि विज्ञान संकाय अन्र्तगतका विद्यार्थीहरु किसानको बारीमै पुगेर प्राविधिक सिप सिकाउने जानकारी दिईन । ‘विद्यार्थी बारीमै पुग्ने छन’ उनले भनिन्–‘यसले अन्य बालीमा समेत किसानलाई प्राविधिक सुझाव सल्लाह लिन सहज हुनेछ ।’

विश्वविद्यालयले टीकापुरमा २०७५ सालमा बिएस्सी एजी सुरु गरेको हो । हाल सो विषयमा १९० जना छात्रछात्रा अध्ययनरत छन ।

कृषि विज्ञान संकायका डिन प्राडा लालप्रसाद अमगाईको अध्यक्षतामा भएको अभिमुखीकरण गोष्ठीको प्रमुख अतिथि रानी जमरा कुलरीया सिँचाई आयोजना कृषितर्फका संयोजक भरत कँडेल रहेका थिए । सो कार्यक्रममा परिक्षा नियन्त्रक देवसिँह नाथ, पूर्व डिन भवानी चन्द लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update