Hamro Patra
पार्करोडमा बस र मोटरसाइकल एकापसमा ठोक्किदा तीन घाईते

टीकापुर, माघ १८
टीकापुर नगरपालिका–१ पार्करोडमा आज बिहान स्कुल बस र मोटरसाइकल एकापसमा ठोक्किदा ३ जना घाईते भएका छन ।

घाईते हुनेमा मोटरसाइकल चालक टीकापुर नगरपालिका–१ मुक्त कमैया शिविरका २२ वर्षका बादल चौधरी र मोटरसाइकलमा सवार बर्दिया मधुवन नगरपालिका–७ का १६ वर्षका झुना थारु र १५ वर्षका तिर्सना थारु रहेका छन ।

Khadga Memorial And Janajagriti

घाईते सबै जनालाई टीकापुर अस्पतालले थप उपचारका लागि कोहलपुर रिफर गरेको छ । मोटरसाइकलमा सवार थारुद्वयको अवस्था सामान्य रहेपनि मोटरसाइकल चालक चौधरीको खुट्टा र टाउकोमा चोट लागेको बताईएको छ ।

उनीहरु चढेको से ६ प ५१२२ नम्बरको मोटरसाइकल र ट्रिनीटी स्कुलको से १ क १३४२ नम्बरको बस एकापसमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ । बस र चालक टीकापुर नगरपालिका–१ समितिपुरका तेजु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update