Hamro Patra
टीकापुर जेसीजद्वारा बेसहारालाई खाद्य सामाग्री

टीकापुर, माघ १६
टीकापुर जेसीजले सहिद दिवसको अवसर पारेर बेसहारा बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ ।

जेसीजले टीकापुर नगरपालिका–२ राजीपुरस्थित मेरी आमामा रहेका बेसहारा बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको हो । जेसीजले चामल, दाल, तरकारी, तेल, नून, साबुन, ब्रस लगायतका खाद्य सामाग्री सहयोग गरेको हो ।

Khadga Memorial And Janajagriti

टीकापुर जेसीजका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको खाद्य सामाग्री हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि टीकापुर जेसीजका पूर्वअध्यक्ष नवराज रावल रहेका थिए ।

खाद्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले जेसीजले मानवीय सेवाका क्षेत्रमा सधैभरी काम गर्दै आईरहेको बताए । उनले युवाहरुको संस्था जेसीज मानवीय हितका क्षेत्रमा सकृय हुनु सकारात्मक सन्देश भएको बताए ।

सो अवसरमा टीकापुर जेसीजका पूर्वअध्यक्ष गणेश साउँदले जेसीजले युवाहरुलाई रचनात्मक कार्यमा डोर्याउने बताए । टीकापुर जेसीजका कार्यकारी उपाध्यक्ष कमल सुवेदीले स्वागत गरेको कार्यक्रममा उपाध्यक्ष रुपक बिष्टले जेसीज आस्था पाठ गरेका थिए भने सञ्चालन महासचिव बलराम चौधरी गरेका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update