Hamro Patra
बालबाटिका क्रिकेट लिग फागुन १ गतेदेखि

बौनिया, सुखड १३

कैलालीको बर्दगोरिया गाउँपालिकामा बालबाटिका क्रिकेट लिग हुने भएको छ । नव बालबाटिका विद्या मन्दिरले ठुलो धनराशिको द्रोस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको हो । विद्यालयले मङ्गलवार पत्रकार सम्मेलन गर्दै आयोजना गर्ने लिगका बारेमा जानकारी दिएको छ ।

Khadga Memorial And Janajagriti

पहिलो संस्करणको लिग सफलता पूर्वक सम्पन्न भएपछि विद्यालयले द्रोस्रो संस्करणको लिग सञ्चालन गर्न लागेको हो ।'व्यक्तित्व विकास, पारस्परिक सहयोग एवं स्वास्थ्यका लागि खेल' भन्ने मूल नाराका साथ फागुन १ गतेबाट १४ गतेसम्म क्रिकेट प्रतियोगिता हुने बताइएको छ ।

विद्यालयस्तरबाटै सबल, सक्षम, सृजनशील र अनुशासित क्रिकेट खेलाडीहरू उत्पादन गर्ने तथा बौनियालाई क्रिकेट सहरको रूपमा चिनाउने उद्देश्यले क्रिकेट लिग आयोजना गरिएको मूल आयोजक समितिका संयोजक एवं नव बालबाटिका विद्या मन्दिरका संस्थापक प्रिन्सिपल प्रमोद मल्ले बताए ।

विद्यालयस्तरबाट नै क्रिकेट खेलाडी उत्पादन गर्ने, क्रिकेटमा नै आफ्नो भविष्य खोजिरहेका खेलाडीहरुको हौसला प्रदान गर्ने, सबल, सक्षम, र्सिजनशिल र अनुशासित खेलाडी उत्पादनमा टेवा पुर्‍याउने र बौनियाँलाई क्रिकेटको सहरको रूपमा चिनाउने उद्देश्य रहेको मल्लले जानकारी दिए ।

कोभिड १९ ले गर्दा विद्यार्थीहरूमा पर्न गएको मनोवैज्ञानिक असर मेटाउनका निम्ति देशकै सबै भन्दा ठुलो धनराशिको द्रोश्रो विद्यालय स्तरीय बालबाटिका क्रिकेट लिग क्रिकेट प्रतियोगिता हुन लागेको बताएको छ ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर ५ गरी १६ टिमको सहभागिता हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १५ हजार ११ सय १ रुपैयाँ र द्धितिय हुनेले ५७ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीहरूले पनि धनराशिको पुरस्कार प्राप्त गर्ने भएका छन् ।

प्रतियोगिता लिक कम नकाउट प्रणालीका आधारमा मुडा बजारको खेल मैदानमा खेलाइने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update