Hamro Patra
आफ्नाले घर निकाले, छोरीका छोराहरुले सम्हाले

योगेश रावल
टीकापुर, ४ बैशाख
धर्मशास्त्र अनुसार श्रवण कुमारले दृष्टिबिहिन आमाबुबालाई तिर्थाटन गराए । उनी आमाबुबा प्रति अगाध माया गर्ने सन्तानका रुपमा चिनिन्छन । कुनै सन्तानले आमाबुबा प्रति अगाध माया दर्साए धर्मशास्त्रका तिनै पात्र श्रवण कुमारसँग जोडिन्छ ।

अहिलेको समयमा आफ्ना आमाबुबा प्रति त्यत्ति धेरै माया दर्साउने छोराछोरी पाउन मुस्किल हुन्छ । अझ छोराछोरीका सन्तानले आफ्ना अग्रज प्रति यसरी माया गर्नु विरलै भेटिन्छ । तर यदाकदा त्यस्ता पात्रहरु पनि हाम्रो समाजमा भेटिन्छन ।

Khadga Memorial And Janajagriti

अहिले एक जोडी दृष्टिबिहिन दम्पत्तीलाई छोरीका नाबालक छोराहरुले जीवननिर्वाहका लागि डो¥याउँदै छन । भजनी नगरपालिका जनकपुर गाउँका दृष्टिबिहिन छैटी र कल्सी थारुलाई छोरीका नाबालक छोराहरु राजेन्द्र चौधरी (११) र राजन चौधरी (८) ले डो¥याएर माग्दै हिँड्ने गरेका छन ।

आफ्नै सन्तानले घरबाट लखेटे पछि दृष्टिबिहिन दम्पत्ती मागेर जीवननिर्वाह गरिरहेका छन । आफ्नै छोराबुहारीले घरबाट लखेटेको बेला दृष्टिबिहिन दम्पत्तीलाई छोरीका नाबालक छोराहरु सहारा बनेका छन ।

बर्दियाको राजापुरका चौधरी दाजुभाई मंगलवार दृष्टिबिहिन दम्पत्तीलाई डो¥याएर टीकापुर पुगेका थिए । उनीहरुले पसल पसलमा पुगेर आर्थिक सहयोग माग्ने गरेका छन । कल्सी थारुले दाउरा किन्ने पैसा नभएपछि माग्दै हिँडेको बताईन । उनले गाउँघरमा दालचामल मागेर जीविकोपार्जन गर्ने गरेको बताईन । ‘यसरी बजारतिर माग्न आएका थिएनौं’ उनले भनिन्–‘दाउरा किन्न पैसा छैन । गाउँमा कसैले पैसा दिँदैनन् ।’

उनीहरुका दुई छोरा र एक छोरी छन । दुवै छोराहरु घरजम गरेर गाउँमै बसेका छन । छोरीको केही वर्षअघि बिहे भैसकेको छ । कलसीले जेठो छोरा रामबहादुर चौधरीले हातपात गरेपछि घर छोडेर हिँडेको दुःखेसो पोखिन । उनले आफूहरु वर्षौदेखी अर्काको घरमा आश्रय लिएर बस्दै आएको बताईन । ‘कहिले छोरीको घरमा बस्छौं, कहिले मेरो माइतीमा बस्छौं, कहिले अन्य आफन्तको घरमा बस्छौं’ उनले भनिन्–‘तर त्यो छोराबुहारी भएको घरमा जान मन लाग्दैन ।’

आफ्नो मावली बाजेबज्यैलाई डो¥याएर हिँडेका दाजुभाईहरु विद्यालय पढ्छन । उनीहरु मध्ये राजेन्द्र कक्षा ४ र राजन कक्षा २ मा पढ्छन । राजनले विद्यालयको विदा भएकाले बाजेबज्यैलाई सहयोग गरेको बताए । उनले बिहानै घरबाट हिँडेको बताए ।

उनी टीकापुर नगरपालिका–१ ब्लक नं. १४ स्थित एक पसलको बरण्डामा दृष्टिबिहिन बज्यैलाई पाउरोटी किनेर खुवाईरहेका थिए । उनले बिहानैदेखी हिँडेका कारण थकाई लागेर बसेको बताए । ‘बिहानै घरबाट हिँडेका हौं’ उनले भने–‘थकाई पनि लाग्यो, भोक पनि लाग्यो ।’ उनका दाई राजेन्द्र बाजेलाई डो¥याएर माग्दै हिँडेका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update