Hamro Patra
नोबेल बचतको अध्यक्षमा टमट्टा

टीकापुर, माघ १३

टीकापुरस्थित नोबेल बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभाले सञ्चालक समिति चयन गरेको छ । संस्थाको आज सम्पन्न साधारणसभाबाट अध्यक्षमा डाक्टर लालसिंह टमट्टा निर्विरोध चयन भएका छन् ।

Khadga Memorial And Janajagriti

संस्थाका सदस्य टेकबहादुर सार्कीले दिएको जानकारी अनुसार उपाध्यक्षमा जीतबहादुर आउजी, सचिवमा नारायण विश्वकर्मा, कोषाध्यक्षमा उदयसिंह सुनार चयन भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा टेकबहादुर सार्की, जगतसिंह विश्वकर्मा, मीनबहादुर विश्वकर्मा, राजेशकुमार टमट्टा, कालुसिंह ताम्राकार, मीनबहादुर दमाई, रेखा नेपाली, रुपा बोहरा र रमेश वि.क. चयन भएका छन् ।

सभाले लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा भरतकुमार तिरुवा, सदस्यमा भक्तबहादुर विश्वकर्मा र पुरनबहादुर विश्वकर्मालाई चयन गरेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update