Hamro Patra
हत्यामा संलग्‍न भनिएका चार जना १५ वर्षपछि पक्राउ

धनगढी, माघ १३

धनगढीका २५ वर्षीय युवकको हत्यामा संलग्‍न भनिएका चार जना १५ वर्षपछि पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–६ जाली गाउँ बस्ने २५ वर्षीय दुःखराम चौधरीको हत्याका चार जना आरोपितलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको हो ।

Khadga Memorial And Janajagriti

धनगढी उपमहानगरपालीका–६ जाली बस्‍ने ३५ वर्षीय सियाराम चौधरी, ३३ वर्षीय टेकुवा भन्‍ने टिकाराम चौधरी, ३१ वर्षीय सुनिल भन्‍ने कालुराम कुमाल र ३३ वर्षीय तारा भन्‍ने ताराप्रसाद चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

विष्टका अनुसार २०६२ साल साउन ११ गते राति २५ वर्षीय चौधरी बेपत्ता भएका थिए । १२ गते बिहान धानको खेतबारीमा उनी मृत फेला परेका थिए । उनको हत्या भएको भन्दै चार जनाबिरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएकोमा उनीहरू १५ वर्षदेखि फरार थिए ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update