Hamro Patra
सुदूरपश्चिममा १६ हजारलाई कोरोनाको खोप दिइने

टीकापुर, माघ १२

सुदूरपश्चिम प्रदेशमा १६ हजारलाई कोरोना भाइरस विरुद्धको खोप दिइने भएको छ । संघीय सरकारले १६ हजार २ शय ९३ जनालाई दिने गरी खोप पठाएको छ ।

Khadga Memorial And Janajagriti

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार उक्त खोप आजै धनगढी पुग्नेछ । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख एंव प्रवक्ता नरेन्द्रसिह कार्कीले माघ १४ गतेदेखि खोप दिने गरी तयारी थालिएको बताए ।

कार्कीले पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम् सेविका समेत गरी १६ हजार २ शय ९३ जनालाई कोरोना भाइरस विरुद्धको खोप दिइने बताए ।

कोरोना भाइरस विरुद्धको खोप दिन सेती प्रादेशिक अस्पतालसहित १० वटा केन्द्र तोकिएको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update