Hamro Patra
ब्राउन सुगरसहित एक जना पक्राउ
Khadga Memorial And Janajagriti
 
धनगढी, माघ १२
 
कैलालीमा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । सोमबार अत्तरियामा रहेको सार्थक प्यालेस होटलबाट २४.५४ ग्राम ब्राउन सुगरसहित बैतडीका २८ वर्षीय पुरन कोटारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।
 
लागु औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले कोटारीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।
 
उनका अनुसार कोटारीबाट लागुऔषधका साथै नगद ७० हजार १७ रुपैयाँ र दुई थान मोबाइल पनि बरामद गरिएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update