Hamro Patra
पूर्व मेयरको श्रद्धाञ्जली सभा सम्पन्न

टीकापुर, माघ १२

टीकापुर नगरपालिकाले नगरका संस्थापक मेयर रत्नप्रसाद सञ्ज्यालको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । १३औं दिनको पुण्यतिथिमा नगरपालिकाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

Khadga Memorial And Janajagriti

सभामा शोक मन्तव्य व्यक्त गर्दै नगर प्रमुख तपेन्द्र बहादुर रावलले संस्थापक मेयर सञ्ज्याल निष्कलङ्कित समाजसेवी भएको बताए । टीकापुरस्थित वीरेन्द्र विद्यामन्दिर उच्च माविका प्रधानाध्यापक समेत रहेका सञ्ज्याल कुशल प्रशासक, शिक्षाप्रेमीका रुपमा आफूले लिएको रावलले बताए ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख केशरी विष्ट रावलले आफू उहाँको विद्यार्थी भएको बताउँदै टीकापुर क्षेत्रको शैक्षिक विकासमा उहाँको योगदान अतुलनीय रहेको बताइन् । नगरका संस्थापक रहेका सञ्ज्यालले शुरुवात गरेका कतिपय योजनाले नगरको उचाई बढाएको उनले बताइन् ।

नगर प्रमुख रावलको अध्यक्षता भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी ओड, कर्मचारी देवीप्रसाद आचार्य लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए ।

सञ्ज्यालको ७३ वर्षको उमेरमा पौष २९ गते काठमाडौंमा निधन भएको थियो । सञ्ज्याल २०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update