Hamro Patra
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ

धनगढी, माघ १२
धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको माया मेट्रो हस्पिटलले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले चैत ६ गते आयोजना गर्ने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आईकन पुरुष विधालाई धनगढी चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले प्रायोजन गरेको हो ।

स्पोर्टस अवार्डमा दिइने ९ वटा विधा मध्येको सुदूरपश्चिम आईकन पुरुष अवार्डको नाम माया मेट्रो हस्पिटल सुदूरपश्चिम आईकन पुरुष अवार्ड हुने भएको छ । विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा माया मेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र सावद र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले हस्ताक्षर गरेका छन् ।

Khadga Memorial And Janajagriti

सम्झौता तथा हस्ताक्षर कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवाल र किर्तिमानी खेलाडी ओलम्पियन दिपक बिष्टको पनि सहभागीता रहेको थियो । यो अवार्डको थप गरिएको विधा हो ।

यस विधा अन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सफल पुरुष खेलाडीलाई अवार्ड प्रदान गरिनेछ । तीन जना महिला खेलाडीको मनोनयन सार्वजनिक गर्दै चैत ६ गते एक जनालाई नगद २० हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ ।

खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई प्रोत्साहन गर्नका लागि नयाँ अभियानमा अस्पतालका तर्फबाट सहयोग गरेको ‘माया मेट्रो’ अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले बताए । उनले खेलकुद क्षेत्रमा स्वास्थ्य सेवा दिइरहेको अस्पतालले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । सावद नेपाल क्रिकेट संघका निवर्तमान केन्द्रीय सदस्य हुन उनी लामो समयदेखि खेलकुद क्षेत्रमा अग्रसर रहदै आएका छन् । ‘माया मेट्रो’ अस्पतालले प्रायोजन गरेर साथ दिँदा अवार्डलाई अझ भव्य रुपमा सफल पार्नका लागि मद्दत मिल्ने मञ्चका अध्यक्ष ओझाले बताए ।

नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो बर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ । चैत ६ गते आयोजना हुने अवार्डको दोस्रो संस्करणमा २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिईनेछ ।

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update