Hamro Patra
लागुऔषध सहित एक व्यक्ति पक्राउ
Khadga Memorial And Janajagriti

धनगढी, माघ १२
कैलालीको गोदावरी नगरपालिका अत्तरीयाबाट एक व्यक्ति लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा बैतडीको डिलासैनी गाउँपालिकाका २८ वर्षका पुरन कोटारी रहेका छन ।

इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले सुराकीको आधारमा निजलाई सार्थक प्यालेस होटलबाट पक्राउ गरेको हो । उनको साथबाट ५४ दशमलव २४ ग्राम खैरो हिरोइन, नगद ७० हजार र २ थान मोवाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक बिष्टले जानकारी दिए ।

पछिल्लो समय अत्तरीया लगायतका स्थानमा लागुऔषधको कारोबार ब्यापक भैरहेको जनगुनासो बढेको छ । लागुऔषधको कारोबार बढेसँगै प्रहरीले सकृयता बढाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update