Hamro Patra
टीकापुर जेसीजको २४ औं पदस्थापना सम्पन्न

टीकापुर, माघ १०
टीकापुर जेसीजको २४ औं पदस्थापना कार्यक्रम आज सम्पन्न भएको छ । जेसीज वर्ष २०२० का अध्यक्ष तपेन्द्र स्वाँरको अध्यक्षतामा भएको पदस्थापन कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका साँसद उमा बादी रहेका थिए ।

पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बादीले जेसीज शिक्षा र ज्ञान आर्जन गर्ने थलो भएको बताईन । उनले युवाहरुको एकताले समाज परिवर्तन सम्भव भएको बताउँदै सकारात्मक काममा सधै अग्रसर हुन आग्रह गरिन ।

Khadga Memorial And Janajagriti

सो कार्यक्रमका विशिष्ट अतिथि टीकापुर नगरपालिकाका उपमेयर केशरी रावल बिष्टले युवाको सामुहिक भावनाले समाजमा स्थायित्व प्रदान गर्न सकिने बताईन । उनले समाज परिवर्तनको जिम्मेवारी युवाको काँध रहेको बताईन ।
अर्का विशिष्ट अतिथि नेपाल जेसीजका उपाध्यक्ष सुजन बरुवालले जेसीज युवालाई सकारात्मक बाटोमा डोर्याउने संस्था भएको बताए ।

पदस्थापन कार्यक्रममा टीकापुर जेसीज २०२० को जेसीज अफ द इएरबाट महासचिव पृथ्वीराज ढुंगानालाई सम्मान गरिएको छ । त्यस्तै सो अवसरमा गणेश साँउद र ब्याग ब्रदर्शलाई समेत सम्मान गरिएको छ ।

पदस्थापन कार्यक्रममा टीकापुर जेसीज वर्ष २०२१ का लागि लक्ष्मण थापाले अध्यक्षको कार्यभार सम्हालेका छन । उनको टीममा कार्यकारी उपाध्यक्ष सन्तोष खड्का र कमल सुवेदीले पदभार ग्रहण गरेका छन ।

त्यस्तै कानूनी सल्लाहकारमा टोप प्रकाश विक, महासचिवमा बलराम चौधरी र कोषाध्यक्षमा मंगल साउँदले पदस्थापन गरेका छन । टीकापुर जेसीज वर्ष २०२१ को उपाध्यक्षमा रुपक बिष्ट, बिरेन्द्र कुँवर, भरत भण्डारी र गणेश आउजीले पदभार ग्रहण गरेका छन ।

टीकापुर जेसीजका नवनिर्वाचित अध्यक्ष थापाले वर्ष २०२१ को ‘इन्स्पायर फर युथ’ थिम घोषणा गरेका छन ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update