Hamro Patra
पर्सेनीमा आयोजित क्रिकेट प्रतियोगिताको उपाधी अस्नेहरीलाई

टीकापुर, माघ ८
टीकापुर नगरपालिका–६ पर्सेनीमा जारी क्रिकेट प्रतियोगिताको उपाधी टीकापुर वल्ड ब्वाइज क्लब अस्नेहरीले जितेको छ । टस जितेर ब्याटिङ रोेजेको अस्नेहरीले १६ ओभरमा १३५ रनको टार्गेट दिएको थियो ।

अस्नेहरीका तर्फबाट विकल्प बिष्टले सर्वाधिक ६४ रन बनाएका थिए भने सुवास सिँह ठकुरीले १ ओभरमा ४ विकेट लिएका थिए ।

Khadga Memorial And Janajagriti

टार्गेट पछ्याउदै ब्याटिङमा उत्रिएको टिजेसी टीकापुर १४ ओभरमै अलआउट हुँदै ७८ रनमा समेटिएको थियो ।

प्रतियोगिताको विजेता अस्नेहरीले शिल्ड, मेडल, प्रमाणपत्र र २०हजार उपविजेता टीकापुरले मेडल, प्रमाणपत्र र १० हजार प्राप्त गरेका छन ।

प्रतियोगिताको म्यान अफ द सिरिज खेमराज बोगटी, बेष्ट प्लेयर लोकेन्द्र कुँवर, बेष्ट बलर पारस तिमिल्सिना, बेष्ट फिल्डर सुवास रावल र म्यान अफ द म्याच विकल्प बिष्ट भएका छन ।

प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथि नेकपा प्रदेश कमिटि सदस्य प्रेम साउँद, विशिष्ट अतिथि नगर खेलकुद समितिका अध्यक्ष लक्ष्मण थापा, वडा स्तरीय खेलकुद समितिका अध्यक्ष देवबहादुर बुढाथोकी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । समापन समारोह क्लबका अध्यक्ष ज्ञानेन्द्र नायकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

स्थानीय नवज्योति युवा क्लबको आयोजनामा पुस २९ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाभरका २१ टीमको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update