Hamro Patra
मानव अधिकार तथा शान्ति समाज कैलालीको अध्यक्षमा विश्वकर्मा

टीकापुर, माघ ८

मानव अधिकार तथा शान्ति समाज कैलालीको अध्यक्षमा पुनः भक्तबहादुर विश्वकर्मा चयन भएका छन् । टीकापुरमा सम्पन्न समाजको २३औं साधारण सभाबाट विश्वकर्मा सर्वसम्मत आगामी कार्यकालका लागि चयन भएका हुन् ।

Khadga Memorial And Janajagriti

समाजको उपाध्यक्षमा मोहन उपाध्याय, सविचमा भुपेन्द्र पुनमगर, सहसचिवमा हर्क देवकोटा र कोषाध्यक्षमा टीका कँडेल चयन भएका छन् ।

साधारण सभाले विद्या गिरी, भोजराज चौधरी, अर्जुनराम चौधरी, नरबहादुर चौधरी, टेकबहादुर शाह, मीनबहादुर विश्वकर्मा, नरेन्द्र टमट्टा, गीता अधिकारी, शितल के.सी. साउँद, मुना तिमिल्सेनालाई सदस्यमा चयन गरेको छ ।

सभाले संस्थाको सल्लाहकारमा टेकबहादुर सार्की, कमल जोशी, पर्शुराम चपाई, योगेश रावल र दुर्गा देवकोटालाई चयन गरेको छ ।

मानव अधिकार तथा शान्ति समाज अहिंसात्मक आन्दोलनको वकालत गर्दै आएको गैरनाफामूलक सामाजिक संस्था हो ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update