Hamro Patra
प्रधानमन्त्री र राष्ट्रपतिलाई अभियोग लगाउनु पर्छः डा. भट्टराई

टीकापुर, माघ ७

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभियोग लगाउन सकिने बताएका छन् । जनता समाजवादी पार्टी कैलालीले टीकापुरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै डाक्टर भट्टराईले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःसर््थापना नभए अभियोग लगाउनु पर्ने बताएका हुन् ।

संविधान जारी हुँदा आफू संवैधानिक समितिको सभापति भएको स्मरण गर्दै भट्टराईले संविधानमा नभएकै अधिकार भन्दै प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र सदर गर्ने राष्टपतिलाई अभियोग लगाउन सकिने बताए ।

Khadga Memorial And Janajagriti

‘सर्वोच्च अदालतले जनताले चुनेका प्रतिनिधिहरुको सभालाई पुनःसर््थापना नगरेर सभामुखको अध्यक्षतामा बैठक बसेर अभियोग लगाउन सकिनेछ’ भट्टराईले भने ‘ओलीले प्रतिनिधि सभा विघटन गरेर लोकतन्त्र र संविधान नै विघटन गर्ने दुस्साहस गरेको आरोप लगाएका छन् ।’

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका उनले केपी शर्मा ओली इतिहासकै निरंकुश तानाशाह भएको आरोप लगाएका छन । ‘पूर्वराजा बिरेन्द्र र ज्ञानेन्द्र पनि यति धेरै तानाशाही थिएनन्’ भट्टराईले भने ‘सेना, अदालतमा आफ्ना मान्छे भर्ती गर्नु, राष्टिय अनुसन्धान र राजश्व अनुसन्धान आफ्नै मातहतमा ल्याउनु, संवैधानिक आयोगमा आफ्ना मान्छे भर्ती गर्नुले पनि उनी इतिहासकै तानाशाही बन्ने संकेत हो ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा बहस चलिरहँदा सर्वोच्चलाई धम्क्याउने गरेको बताए । उनले भने ‘जनता सडकमा नआएर सर्वोच्चलाई समेत धम्क्याउन सक्छन्, यसकारण सबै पार्टी एकै ठाउँमा भएर आन्दोलनमा होमिनुको विकल्प छैन ।’

उनले प्रधानमन्त्री ओलीले बैशाखमा निर्वाचन गराउन नचाहेको बताए । ‘चुनाव हात्तीको देखाउने दाँत मात्रै हो’ उनले भने–‘चुनाव हुन्छ भन्ने भ्रममा हामी कोही पर्नु हुँदैन ।’ उनले संविधान र लोकतन्त्रलाई सही दिशामा लैजाने जिम्मेवारी आएको बताउँदै काँग्रेस र नेकपालाई प्रतिगमनका विरुद्ध संघर्षमा उत्रन समेत आग्रह गरे । उनले चुनाव भैहाले बहुमत आउँछ भन्ने भ्रममा कसैले पर्न नहुने बताउँदै ओलीले चुनाव गराई हाले पञ्चायती शैलीको चुनाव गराउने दावी गरे ।

उनले २०७२ भदौ ७ गते टीकापुरमा भएको घटना राजनीतिक घटना भएको बताए । उनले टीकापुर घटनालाई राजनीतिक घटनाकै रुपमा सम्बोधन गरिनुपर्ने बताए । उनले कैलाली क्षेत्र नं. १ बाट विजयी साँसद रेशमलाल चौधरीलाई सरकारले राजनीतिक पूर्वाग्रहकै आधारमा जेलमा राखेको आरोप समेत लगाए ।

जनता समाजवादी पार्टी कैलालीको आयोजनामा भएको केपी ओलीद्वारा गरिएको प्रतिगमन विरुद्धको विरोध सभामा विभिन्न वक्ताहरुले बोलेका थिए ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update