Hamro Patra
जनताले सरकारबाट मुक्ति चाहेका छन–देउवा

टीकापुर, ३ बैशाख
काँग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकार हस्तक्षेपकारी ढंगले अघि बढेको बताएका छन । काँग्रेस कैलाली क्षेत्र नं. १ द्वारा टीकापुरमा निर्मित बि.पी. स्मृति भवनको आज उद्घाटन गर्दै देउवाले जनताले ओली नेतृत्वको सरकारबाट मुक्ति चाहेको बताए ।

Khadga Memorial And Janajagriti

पूर्वप्रधानमन्त्री रहेका देउवाले वर्तमान सरकारका गतिविधि प्रेस र वाक स्वतन्त्रता विरुद्ध भएको बताउँदै सरकार हस्तक्षेपकारी ढंगले अघि बढेको बताए ।
उनले सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाएका छन । उनले वर्तमान सरकारले विगतका सरकारले गरेका कामलाई समेत आफै गरेको भन्दै जनतालाई ढाँट्ने गरेको बताए ।
उनले सरकार हत्या, हिँसा र बलात्कारमा संलग्नहरुलाई संरक्षण गर्न सकृय रहेको आरोप लगाए ।

उनले जलविद्युतको सदुपयोग हुन सके सुदूरपश्चिम प्रदेश अरु प्रदेश भन्दा सम्वृद्ध प्रदेश हुने बताए । उनले सुदूरपश्चिममा देशकै कायापलट गर्न सक्ने जलविद्युतको सम्भावना रहेको बताए ।
काँग्रेस केन्द्रिय सदस्य एन पी सावदले सरकारले भ्रष्टाचारलाई बढावा दिएको बताए । उनले डल्लो बजेटको प्रावधान ल्याएर सरकारले आर्थिक अनियमिततालाई संस्थागत गर्न खोजेको बताए । उनले वर्तमान सरकार पूर्ण रुपमा फेल भएको बताए ।

बि पि स्मृति भवन उद्घाटन पछि काँग्रेस कैलाली क्षेत्र नं. १ का सभापति भुवनेश्वर अधिकारीको सभापतित्वमा आयोजित सभामा नेताहरु चन्द्रसिँह भट्टराई, रामजनम चौधरी, काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनु, सुदूरपश्चिम प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावल लगायतले बोलेका थिए ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि रहेका देउवाले बि पि स्मृति भवन निर्माणमा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरेका छन । सो भवन निर्माणमा विभिन्न व्यक्तिहरुले ११ लाख ६६ हजार ४७१ रुपैयाँ आर्थिक सहयोग गरेका छन । जसमध्ये भवन निर्माणमा ११ लाख ६ हजार ६३० रुपैयाँ खर्च भएको काँग्रेस कैलाली क्षेत्र नं. १ का कोषाध्यक्ष थर्कबहादुर शाहले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ

प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update