Hamro Patra
आरटीआई कैलालीमा जोशी

टीकापुर, माघ ६सुचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल (आरटीआई) समितिको संयोजकमा पुष्पराज जोशी अध्यक्षमा चयन भएका छन् ।

समितिको सहसंयोजकमा लिलाघर न्यूरे, सदस्य सचिवमा विजय राना चयन भएका छन् । सदस्यहरुमा क्रमशः शंकर बोहरा, नवराज पनेरु, पाण्डव पुजारा, शेरबहादुर शाह, झलनाथ खनाल, बिरेन्द्र शाह, जमुना न्यूरे, ईन्दु केसी, तेज बोहरा, दिनेश बिष्ट, भक्तराज देवकोटा, कामदेब ओझा, हेमराज भट्ट रहेका छन् ।

यस्तै युवराज न्यौपाने, नवराज खनाल, नरेन्द्र चौधरी, रमित पाण्डे, जय बुढा, लोकुसिंह ठकुरी, रसुता जैरु, नारायण प्रसाद जोशी, चन्द्रकला बिक, कृष्ण प्रशाद ओझा रहेका छन् ।

Khadga Memorial And Janajagriti

सुचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपालका संयोजक उमिद बागचन्दले सरकारी कार्यालयसहित स्थानीय तहहरुका सबै खालका सुचना प्राप्त गर्न पत्रकार र आम नागरिकको हकलाई संजालले प्रत्याभूत गर्ने बताए ।

हरेक सरकारी कार्यालय तथा संस्थाहरुमा नागरिकले सहज रुपमा पाउने अधिकारलाई सहज पार्ने काम सञ्जालले गर्ने बताए । सुचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल सुदूरपश्चिम संयोजक प्रेम ढुगानाको संयोजकत्वमा भएको कार्यक्रम मंगलबार दिउँसो २ बजेदेखि जुम एप्समार्फत् गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update