Hamro Patra
सुदूरमा घट्दै कोरोना संक्रमित

टीकापुर, माघ ६

कुनै समय कोरोनाको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । कोरोनाका नयाँ संक्रमण दर र परीक्षण घटेसँगै सक्रिय संक्रमितको संख्या समेत घटेको हो ।

Khadga Memorial And Janajagriti

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेशमा हाल सक्रिय संक्रमितको संख्या एक हजार ५ शय १२ रहेको छ । गत पुषमा सक्रिय संक्रमितको संख्या दुई हजार पाँच शय रहेको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो समय नयाँ संक्रमण दर घटेको र यसअघिको संक्रमित निको भएकाले संक्रिय संक्रमितको संख्या घट्दै गएको हो । मन्त्रालयले जारी गरेको सूचना अनुसार अछाममा ७०, बैतडीमा ८०, बझाङमा २२०, बाजुरामा ५९, डडेल्धुरामा ११७, दार्चुलामा ६३, डोटीमा १७१ सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी, कैलालीमा ५५८, कञ्चनपुरमा १२७ जना सक्रिय संक्रमित रहेका छन् । यो प्रदेशमा परीक्षण भइ यतै रहेका अन्य जिल्लाका सक्रिय संक्रमितको संख्या ४८ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख ३४ हजार ५ शय ३१ जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको छ । जसमध्ये १३ हजार ८९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएकामध्ये १२ हजार ३२९ जना निको भइसकेको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशभरि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५५ पुगेको मन्त्रालयले जनाएको छ । कैलालीका २९, कञ्चनपुरका १०, बैतडी, बझाङ र डडेल्धुराका तीन/तीन जनाले कोरोना संक्रमणपछि ज्यान गुमाएका छन् ।

यसैगरी, अछाम, बाजुरा र दार्चुलाका दुई/दुई, डोटीका एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update