Hamro Patra
नेपालमा भेटियो नयाँ प्रजातिको कोरोना, तीनजना संक्रमित

टीकापुर, माघ ५
नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस भित्रिएको छ । बेलायतबाट आएका तीनजनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण भएको आज स्वास्थ्य मन्त्रालयलृ पुष्टीगरेको छ । उनीहरु केही दिन अघि नेपाल आएका थिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ वर्षीया पुरूष र ३२ वर्षीय पुरूष गरी तीनजनामा नयाँ प्रजातिको भाइरस देखिएको हो । तर उनीहरु मध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष भने कोरोनामुक्त भइसकेका छन् ।

Khadga Memorial And Janajagriti

स्वास्थ्य मन्त्रालयका अनुसार ६७ वर्षीय पुरुषको कोरोजना पोजिटिभ नै देखिएपनि कुनै लक्षण भने देखिएको छैन ।

स्वास्थ्य मन्त्रालयले गत पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा बेलायबाट फर्किएका ६ जना मध्ये ३ जनाको स्वाव परिक्षणका लागि हङकङ पठाएको थियो ।

बेलायतसहित युरोपियन मुलुक, अमेरिका र अफ्रिकामा फैलिएको नयाँ प्रजातिको भाइरस पहिलाको भन्दा बढी संक्रामक रहेको वैज्ञानिकहरूले बताएका छन् । नयाँ प्रजातिको भाइरसको संक्रमण ह्वात्तै बढेपछि बेलायतमा लकडाउन घोषणा गरिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update