Hamro Patra
क्रिकेट प्रतियोगिताको पहिलो चरणका खेल सम्पन्न
Khadga Memorial And Janajagriti

टीकापुर, माघ ५
टीकापुर नगरपालिका–६ पर्सेनीमा जारी क्रिकेट प्रतियोगिताको पहिलो चरणका खेल सम्पन्न भएका छन । जिल्लाभरका १८ टिमको सहभागिता रहेको प्रतियोगितामा पहिलो चरणका खेल सम्पन्न भएसँगै ९ टिम बाहिरिएका छन ।

पुस २९ गते सुरु भएको प्रतियोगिता माघ ८ गते समापन हुने आयोजक नवज्योति युवा क्लबका अध्यक्ष ज्ञानेन्द्र नायकले जानकारी दिए । प्रतियोगिताको एक समारोहका बिच प्रमुख अतिथि नेकपा नगर अध्यक्ष खडक शाह र विशिष्ट अतिथिद्वय नगर खेलकुद समितिका अध्यक्ष लक्ष्मण थापा, टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले उद्घाटन गरेका थिए ।

प्रतियोगितामा प्रथमलाई २० र दोस्रो हुने टिमलाई १० हजार नगद पुरस्कार राशी रहेको अध्यक्ष नायकले बताए । उनले यसका साथै विभिन्न विधाका उत्कृष्ठ खेलाडीहरुलाई समेत पुरस्कृत गरिने जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update