Hamro Patra
ढुंगानाले मनाए मेरी आमा घरमा जन्मदिन
Khadga Memorial And Janajagriti

टीकापुर, माघ ३
नेपाली काँग्रेसका युवा नेता विष्णु ढुंगानाले बेसहारालाई सहयोग गर्दै आफ्नो जन्मदिन मानाएका छन । उनले ३९ औं जन्मदिनको अवसरमा आज टीकापुर नगरपालिका–२ राजीपुरस्थित मेरी आमा घरमा रहेका बालबालिकालाई सहयोग गरेका छन ।

उनले मेरी आमा घरमा रहेका बेसहारा बालबालिकाहरुलाई सहयोग गरेका छन । उनले चामल, दाल, नून, कम्बल र भाँडाकुडा सहयोग गरेको जानकारी दिए । उनले पहिलो पटक जन्मदिन मनाएको बताए ।

उनले सामाजिक सेवाभावले बेसहारा बालबालिकालाई सहयोग गरेको बताए । उनले आगामी दिनमा समेत आफू बेसहारा सहयोगमा जुट्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update