Hamro Patra
थारु समुदायमा माघीको रौनक

टीकापुर, माघ १

बिहीबार थारु जातिको मुख्य पर्व माघी देशभर मनाइएको छ । हरेक वर्ष माघको पहिलो दिन थारु जातिले माघी पर्व मनाउने गर्दछन् । यस वर्ष पनि काठमाडौँलगायत थारुहरूको बहुल्यता भएको विभिन्न ठाउँमा माघी पर्व मनाइएको छ ।

Khadga Memorial And Janajagriti

अघिल्ला वर्षहरुमा काठमाडौँ लगायत विभिन्न ठाउँमा औपचारिक कार्यक्रमगरी धुमधाम र हर्सोल्लासका साथ माघी मनाइने गरिएको थियो । यसपाली भने कोभिड(१९ संक्रमणका कारण देशभर सानो समूहमा अथवा परिवार भित्र मात्रै माघी पर्व मनाइएको छ ।

माघीमा मिठो मिठो परिकारहरू बनाएर खाने प्रचलन छ । यस पर्वमा मौलिक परिकारहरू चिचर(भत्कुन), सितुवा, घुगी, हाँसको मासु लगायतका परिकारहरु बनाएर खाने गरिन्छ भने आफ्नो कला, संस्कृति झल्किने पोषाक लगाएर धुमधामसँग माघी मनाइने गरिन्छ ।

माघीको दिन नुहाएर तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा रहेको छ । यस दिनमा नुहाएर दाल, चामल छोएर मान्यजनसँग आर्शिवाद लिने गरिन्छ । माघीलाई एक आपसमा सम्बन्ध प्रगाढ बनाउने पर्वको रुपमा पनि लिने गरिन्छ । यस दिनमा आफ्ना चेलिवेटीहरूलाई उपचार दिने र चेलिबेटीसँगको सम्बन्धलाई सुदृढ बनाउने गरिन्छ ।

थारु जातिले माघी पर्वलाई नयाँ वर्षको दिनको रुपमा लिने गर्दछन् भने यस दिनदेखि नयाँ कामको सुरुवात गर्ने प्रचलन पनि रहेको छ । माघीको दिनमा गाउँ समाजको नयाँ अगुवा चुन्ने तथा घरसल्लाह गर्ने काम पनि गरिन्छ ।


रासस

प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update